Section 24
अनुकूलन योजना बनाउन सक्ने
(१) जलवायु परिवर्तनको प्रतिकूल असर र जोखिमबाट बच्नका लागि राष्ट्रियस्तरमा मन्त्रालयले, प्रदेश स्तरमा प्रदेश मन्त्रालयले र स्थानीय स्तरमा स्थानीय तहले अनुकूलन योजना बनाई कार्यान्वयन गर्न सक्नेछन्‌।

(२) उपदफा (१) बमोजिमको अनुकूलन योजना बनाउँदा जलवायु परिवर्तनको असरबाट बढी जोखिममा पर्ने महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, जेष्ठ नागरिक र आर्थिक रुपमा विपन्न समुदाय र जलवायु परिवर्तनबाट बढी जोखिममा परेका भौगोलिक क्षेत्रका बासिन्दालाई विशेष प्राथमिकता दिनु पर्नेछ।

(३) स्थानीय समुदायले स्थानीयस्तरमा अनुकूलन योजना बनाई कार्यान्वयन गर्न सक्नेछन्‌ र त्यस्तो योजना कार्यान्वयन गर्दा सम्बन्धित निकायले आवश्यक सहयोग र सहजीकरण गर्नु पर्नेछ।